विज्ञान/प्रविधि

कुन इमोजीले कस्तो अर्थ राख्छ ?

आजकल हरेक सानाठुला कुरामा फोनको सट्टा विभिन्न च्याट एप्सिकेसनको प्रयोग गरिन्छ । फेसबुकसंगै ह्वाट्सअपको प्रयोग बढ्दो क्रममा रहँदा मानिस कुनै सन्देश वा अभिव्यक्तिलाई लेखेरभन्दा पनि इमोजीमार्फत बताउने गर्दछन् । अहिले यस्ता कैयौं इमोजी पाउन सकिन्छ । जसमा आफूले अभिव्यक्त गर्न खोजेको इमोजी छनौट गरे आफ्नो विचार वा सन्देश बताउन सकिन्छ । तर कुन इमोजीले कस्तो अर्थ राख्छ, त्यसबारे जानि राख्नुहोस् :

कलका लागि इमोजी
यदि कोहि कसैले तपाईंलाई कल गरोस् भन्ने चाहाना छ भने यस इमोजीको प्रयोग गर्न सक्नुहुन्छ । यसले अरुले तपाईंलाई फोन गरुन् भन्ने अर्थ लाग्दछ ।

मज्जाले ताली बजाउने इमोजी
यदि कसैलाई प्रोत्साहन वा शुभकामना दिन ताली बजाउने मन भए यो इमोजीको प्रयोग गर्न सक्नुहुन्छ ।

शक्तिको महशुस गराउने इमोजी
यदि कसैले आफ्नो तागत वा शक्तिको महशुस गराउनु छ भने यस इमोजीको प्रयोग गर्न सकिन्छ । यसले सफलता र शक्तिलाई जोडेर अर्थ लगाउँछ ।

शान्तिको सूचक इमोजी
यदि कसैलाई शान्तिको सन्देश दिनु छ वा इमोजीबाट शुभरात्रीको कामना गर्नु छ भने बेफिक्र भएर यो इमोजीको प्रयोग गर्न सकिन्छ ।

कसैकालागि प्राथना वा आर्शिवाद
यदि कसैकालागि प्रार्थना गर्दै हुनुहुन्छ, वा वरदान मागिदिनु भएको छ भने यस इमोजीको प्रयोग गर्न सक्नुहुन्छ ।

ओके भन्न वा वखान गर्ने इमोजी
यस इमोजीलाई कसैको कुरामा सहमती जनाउन, ओके भन्न वा कसैको बखान गर्न पनि यो इमोजीको प्रयोग गर्न सकिन्छ ।

कुनै कुरा मन नपरेमा
यदि कसैको कुनै कुरा चित्त बुझेन वा मन परेन भने यस इमोजीको प्रयोग गर्न सकिन्छ ।

You may also like