दमक, १२ असोज / शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ । कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५ दशमलव ४० को बिन्दुमा झरेको थियो ।
यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११ दशमलव ४२ अंकले घटेको छ । यो साता लगातार दोहोरो अंकले नेप्से परिसूचकमा गिरावट आएको छ ।
मंगलबार सबैभन्दा धेरै दुईवटा कम्पनी नेपाल हाइड्रो डेभलोप्मेन्ट लिमिटेड र हिमालयन पार्टनर लिमिटेडको मूल्यमा गिरावट आएको छ ।
यी दुबै कम्पनीका शेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ ।