समाचार

दमकमा बाल अस्पताल खुल्ने निश्चित

दमक/ काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले झापाको दमकमा बाल अस्पताल खोल्ने निश्चित भएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले कर्मचारी माग गर्दै विज्ञापान गरेपछि सो अस्पताल खुल्ने निश्चित भएको हो । सो अस्पताल नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको सुविधा सम्पन्न भवनमा रहने यसअघि नै तय भइसकेको छ ।
वरिष्ठ पेड्रियाटीक्स कन्सल्ट्यान्ट, पेड्रियाटीक्स कन्सल्ट्यान्ट सह–पेड्रियाटीक्स कन्सल्ट्यान्ट, मेडिकल अधिकृत, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोग्राफर, ल्याव टेक्नोलोजिष्ट,ल्याव टेक्निसियन, फार्मासिष्ट, फार्मेसी सहायक, प्रमुख नर्सिङ्ग सुपरभाइजर, स्टाफ नर्स, प्रशासकीय अधिकृत, लेखा अधिकृत, प्रशासन उपसहायक तथा लेखा उपसहायकका केही पदहरुमा काम गर्नका लागि विज्ञापन गरेको हो  । विभिन्न पदमा खुलाइएको सो विज्ञापनमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिएको जानकारीमा आएको छ ।

Author

You may also like