माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

चैत्र २३ गते ।  माटोको ढिस्कोले पुरिएर उदयपुरको त्रियुगा नगरपालिका-१३ कि ३० बर्षीया जानकी देवी चौधरीको मृत्यु भएको छ ।

आज बिहान साँढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घाईते भएकी चौधरीको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा  साँढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.