समाचार

देशकै नमुना विद्यालय हिमावि ६४ वर्षमा

दमक/ दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव सम्पन्न भएको छ । माघ ७ गतेदेखि उद्घाटन भई बिहीबार विभिन्न खेलकुद प्रतियोगितासहित सम्पन्न भएको हो । कार्यक्रमको समाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए ।

पहिलो दिन तत्कालीन संविधान सभा सदस्य दीपक कार्की, प्रदेश सांसद अर्जुन राई, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति थियो । विद्यालयका प्रधानाध्यापक ओमप्रसाद आचार्यले वार्षिक कार्यपत्र प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरका बिहानी तथा दिवा सत्रका फुटबल, कबड्डी, भलिबल, चेस लगायतका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएका थिए । दोस्रो दिन प्रा.डा. गोविन्द भट्टराईको प्रमुख आतिथ्य, प्रा.डा. टङ्क न्यौपानेको आतिथ्यमा तुलसादेवी स्मृति पुरस्कारले दशजना विद्यार्थी तथा शिक्षक भोजप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।

विद्यार्थीहरुले फुड स्टल राखेका थिए । तेस्रो दिन बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख जयप्रसाद महतको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षक–कर्मचारीले नृत्य प्रस्तुत गरेको प्रअ आचार्यले जानकारी दिए ।

Author

You may also like