सुरक्षा

चितुवाको छालासहित एक जना पक्राउ

दाङ, चितुवाको छालासहित प्रहरीले दाङबाट एक ब्यक्तिलाई पक्राउ गरेको छ । रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं १४ का १९ बर्षीय भिमप्रसाद बिकले चितुवाको छाला लिई हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको टोलीलले उनलाई पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहका अनुसार तुलसीपुर उपमहानगरपालिकाको घोराही रोडबाट सोमबार बेलुका ६ बजे पक्राउ थियो ।

पक्राउ परेका बिकको झोला खालतलासी गर्दा झोला भित्र प्लाष्टिकको बोरामा लुकाई राखेको टाउँकोदेखि पुच्छर सम्मकोसात फिट ६ ईञ्चको चितुवाको छाला फेला परेको हो । वकलाई प्रारम्भीक अनुसन्धान पश्चात राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्तरगत थप कानुनी कार्वाहीका लागी जिल्ला वन कार्यालय दाङमा पठाईएको उनले बताए ।

 

You may also like