काठमाडौँ, पर्यटनमन्त्री योगेश भट्टराईले शुक्रबार ४० औँ विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
मन्त्री भट्टराईले शुभकामना दिदै पर्यटन क्षेत्रलाई उच्च महत्व दिने नीति अनुरूप नेपाल सरकारले पर्यटनका नविनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिनुभयो ।