काठमाडौं, सभामुख कृष्णबहादुर महरा कजाकस्तान प्रस्थान गरेका छन् । सभामुख महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन शनिबार ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।
कजाकस्तानको अस्तानामा असोज ५ देखि ८ सम्म हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकलाई महराले सम्बोधन गर्ने सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधि मण्डलमा प्रतिनिधिसभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली,अमृतादेवी अग्रहरि, कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत वरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरीलगायत रहेका छन् ।