भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वकै उत्कृष्ट संविधान बनेको बताउनुभएको छ । उहाले संविधान नेकपा, नेपाली कांग्रेस, राजपालगायतका कुनै पनि एउटा राजनीतिक दलले भनेजस्तो नभई आम नेपाली जनताले चाहेजस्तो संविधान बनेको बताउनु भएको हो । सांसद बस्नेतले राजनीति गर्नेको रङ खैरो र सामाजिक तथा आध्यात्मीक व्यक्तिहरुको रंग हरियो हुने पनि बताउनु भयो । संविधानमा उल्लेखित भएका कुराहरु मुलुकको व्यवस्था तथा उद्देश्य नै आजको समयको प्रतिविम्ब भएको बताउँदै उहाँले जसले बनाउन सक्दैन उसले विगार्ने अधिकार नभएको बताउनुभयो ।
भक्ति मन्दिर श्यामा श्याम धाम ठिमीले आयोजना गरेको संविधान दिवसको उपलक्ष्यमा झण्डोत्तलन समारोहलाई सम्बोधन गर्दै सांसद बस्नेतले सवै नेतृत्वको विकल्प रहेको तर मुलुकको समृद्धिको कुनै विकाल्प नभएको बताउनुभयो । उहाँले लोकतान्त्रीक समाजवाद उन्मुख संविधानको निर्माणसँगै लामो समयसम्म रहेको सामन्तवादको समुल नष्ट गर्दै मुलुकलाई नयाँ बाटोमा अघि बढ्ने आधार निर्माण गरेको बताउनुभयो । संविधान शक्ति सन्तुलनको दस्तावेज समेत भएकाले आवश्यकता अनुसार संशोधन गर्न सकिने बताउँदै उहाँले राजकीय तथा शासकीय पदमा रहेका कुनै पनि राजनीतिक दल तथा व्यक्तिले संविधानको विरोध गर्न नपाउने बताउनुभयो ।