कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

श्रीमतिहरुको सूचनाका आधारमा दमकमा जुवाखालबाट १० जना पक्राउ

दमक । झापाको दमक वडा नं. १० स्थित एक पुरानो गोठमा कौडा खेलिरहेका अवस्थामा झण्डै एक लाख नगदसहित जुवाडे पक्राउ परेका छन् । मंगलबार विहान ३ बजे दमक नगरपालिका वडा नं. १० स्थित स्वास्थ्य चौकी छेउमा रहेको पुरानो गोठमा कौडा खेल्दै गर्दा उनीहरु पक्राउ परेका हुन । उनीहरुका श्रीमतिहरुले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको इप्रका दमकले जनाएको छ । पक्राउ पर्नेहरुमा दमक १० बस्ने बर्ष ५४ का काजीमान थापा , सोही ठाउँका बर्ष ४८ का हरिप्रसाद पोखरेल ,बर्ष ४६ का घनश्याम पोखरेल, बर्ष ६३ का रामप्रसाद दंगाल , दमक ५ बस्ने बर्ष ५५ का सुरेश थापा ,दमक ९ बस्ने बर्ष ५४ का काजी राई, सोही वडाका बर्ष ४९ का आशबहादुर मगर , दमक १० बस्ने बर्ष ४९ का कुमार भट्टराई , सोही ठाउँका बर्ष ४८ का सुपपाल नेम्वाङ र बर्ष ४६ का बलबहादुर बिष्ट रहेका छन् ।
जुवाडेको खबर थाहा पाउने वित्तिकै खटिएको इलाका प्रहरी कार्यालय दमकको टोलीले उक्त गोठमा तलासी गर्दा खालमा प्रयोग भएको ८९ हजार ७१० रुपैयाँ, १५ थान कौडा र मोवाईल ९ थान बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Author

You may also like