झापाको दमकमा आइतबार नमस्ते पब्लिक हस्पिटल नजिकै कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ।
प्रहरीका अनुसार बाटो काट्ने क्रममा तीव्र गतिमा आएको कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति गम्भीर घाइते भएका छन्।
उनीहरूको दमकस्थित निम्स नेशनल हस्पिटलमा उपचार भइरहेको छ। दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। स्थानीयहरूले दुर्घटनास्थलमा भीड लागेपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको थियो।
प्रहरीले सडक सुरक्षा नियमको पालना गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।