देश–समाज समाचार स्थानीय

होटल व्यवसायी संघ दमकमा पुनः दंगाल

दमक/ होटल व्यवसायी संघ दमकमा पुनः योगराज दंगालकै नेतृत्वमा अर्को समिति बनेको छ । संघको शनिबार इलामको चपेटीमा भएको १६ औं वार्षिक साधारण सभाबाट पुनः दंगालकै नेतृत्वमा अर्को कार्यकालका लागि नयाँ समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षहरुमा क्रमशः वरिष्ठतर्फ राजकुमार गौतम, प्रथम उपाध्यक्ष दुका कु्माल, उपाध्यक्षमा भरत दाहाल, सकुन्तला कार्की र दिपक फुयाल, महासचिवमा भूपेन्द्र प्रसाद न्यौपाने, सचिवमा निधिनाथ दाहाल (रमेश), सह–सचिवमा पर्शुराम दाहाल, कोषाध्यक्षमा युवराज बस्नेत (कुमार) र सह(कोषाध्यक्षमा डम्बर थापा (ध्रुव) ले जिम्मेवारी पाएका छन् ।
त्यसैगरी यो वर्ष भएको सो चुनावी साधारण सभाबाट कार्यसमिति सदस्यमा चयन भएकाहरुमा क्रमशः नन्दप्रसाद चौलागाई, भुगोल बस्नेत, गणेश अधिकारी, प्रेमबहादुर पौडेल, राजेन्द्र श्रेष्ठ, भुवन ढकाल, गोविन्द भट्टराई, मुना कार्की बस्नेत, मीना श्रेष्ठ, टंक आचार्य, यमुना भण्डारी, दावा शेर्पा, पवन श्रेष्ठ, प्रल्हाद शर्मा फूयाल लगायत रहेका छन् । नयाँ कार्यसमितिलाई कोशी प्रदेश होटल व्यवसायी महासंघका अध्यक्ष राजन दंगाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई र प्रथम उपाध्यक्ष राजु खड्का लगायतले बधाई तथा शुभकामना दिएका छन् ।
साधारण सभामा अध्यक्ष योगराज दंगालले संघको गतिविधि सहितको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भरत दाहालले आयव्यय सहितको आर्थिक प्रतिवेदन पेश गरेका थिए । उद्घाटन सत्रमा प्रमुख अतिथि रहेका दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले दमकलाई विकसित र समुन्नत शहर बनाएर होटल तथा पर्यटनको क्षेत्रमा आकर्षण बढाउन नगरपालिकाले सम्बन्धित सबैको सहयोग लिएर काम गरिरहेको बताए । होटल व्यवसायलाई सेवाग्राहीमुखी र पर्यटनमैत्री बनाउने कुरामा होटल व्यवसायीहरुले चनाखो हुनुपर्ने भन्दै दमक नगर प्रमुख थापाले नगरपालिकाको तर्फबाट सकेको सहयोग र सहकार्य गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे  । उनले दमकको फन पार्क निर्माणका लागि आवश्यक पहलकदमी र केन्द्र सरकारसँग समन्वय भइरहेको प्रष्ट पारे ।
विशेष अतिथि दमक नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले होटल व्यवसायीहरुको
समस्याका बारेमा आफूहरु जानकार रहेको र समग्र होटल तथा पर्यटन व्यवसायको उत्थान तथा प्रवद्र्धनका लागि स्थानीय सरकारको सदैव साथ सहयोग रहने बताइन् । होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष रविन गौतमले सडक पूर्वाधारका हिसावले दमक सुगम र सहज रहेको बताउँदै दमकलाई पर्यटकीय शहर बनाउन केन्द्रीय स्तरबाट समेत प्राथमिकता दिइएको बताए । कोशी प्रदेश होटल व्यवसायी महासंघका अध्यक्ष राजन दंगालले होटल व्यवसायीहरु सदैव सरकार र निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अघि बढ्न तत्पर रहेको बताए । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले देशमा नै आर्थिक मन्दी आएको बेला होटल व्यवसायीहरुको श्रीवृद्धिका लागि व्यापारी व्यवसायीहरुको नेतृत्वकर्ताको हिसावले जिम्मेवारीका साथ काम गरिरहेको प्रष्ट पारे । सदस्य राजकुमार गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव भूपेन्द्र प्रसाद न्यौपानेले संचालन गरेका थिए ।
पूर्वनेतृत्व र पत्रकारहरुलाई सम्मान
त्यस अवसरमा कोशी प्रदेश होटल व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित भएकोमा खादा, माला र प्रमाण पत्रले सम्मान गरियो  । त्यस्तै उत्कृष्ट होटल व्यवसायीका रुपमा परिचित काजी राउत, होटल व्यवसायी संघ दमकका पूर्वअध्यक्ष शिवप्रसाद पाखरेल, गंगा सिटौला, कृष्ण धिमाल, ज्ञानबहादुर कार्कीलाई पनि खादा र प्रमाण पत्रले सम्मान गरियो । त्यसैगरी नेपाल पत्रकार महासंघको झापा जिल्ला शाखाको सदस्यमा निर्वाचित पत्रकारहरु सुदिप अधिकारी र भूमिराज पराजुली तथा केन्द्रीय पार्षद्मा चयन भएका विष्णु सुब्बालाई पनि खादा र अविर टिकाले सम्मान गरिएको थियो।

Author

You may also like