दमक। बिश्व वातावरण दिवसको अवसर पारेर ऊँ शान्ति डेन्टल हस्पिटलका डाक्टर हेमराज गैरेले असहाय मानव सेवा समाज दमकलाई नगद ५ हजार सहयोग गर्नु भएको छ ।
दमक ८ मा कार्यालय रहेको सो समाजलाई आफ्नो छोरा रेयान्सको जन्मदिनको खर्च बापतको रकम लायन्स क्लब अफ दमक गोल्डका सस्थापक सदस्य समेत रहनु भएका गैरेरे समाजकी अध्यक्ष चेतना निरौलालाई हस्तान्तरण गर्नु भएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा दमक गोल्डका अध्यक्ष काशी खाती लगायत लायन्सकर्मीहरुको उपश्थिति रहेको थियो ।