विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार नाघेको छ। आज बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ३ लाख ८१ हजार ७ सय ६ जनाको मृत्यु भैसकेको छ।
वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर ६४ लाख ७३ हजार २ सय १६ जनामा संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा मात्रै विश्वभर १ लाख १० हजार २० जनामा संक्रमण देखिएको छ।
गएको २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ४ हजार ५ सय १६ जनाको मृत्यु भएको छ । २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा १२ सय को मृत्यु भएको छ।
त्यसैगरी अमेरिकामा ११३२, बेलायतमा ३२४, मेक्सिकोमा २३७, भारतमा २२१, रुसमा १८२, फ्रान्समा १०७ जनाको मृत्यु भएको छ ।अहिलेसम्म विश्वभर २९ लाख ८६ हजार भन्दा धेरै संक्रमित उपचापछि निको भएर घर फर्किएका छन्।