
दमक । उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श सेवा दिँदै आएको ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले झापाको दमक–६ बेलडाँगी रोड स्थित केडी कम्प्लेक्समा आफनो १८ औ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको सोमबार कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाले उद्घाटन गरे । उद्घाटनका क्रममा उनले विदेशमा प्राप्त गरेका ज्ञान र सीप स्वदेशमै सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले कन्सलटेन्सीले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई उचित परामर्श र तयारीसहित विदेश जानु विद्यार्थीको भविष्यका लागि महत्वपूर्ण हुने उल्लेख गरे ।

संस्थाका सीइओ रुपेश थापाले दमक तथा आसपासका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिए । उनका अनुसार अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजिल्याण्डलगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउने क्रममा संस्थाले उच्चस्तरीय परामर्श र सहयोग गर्नेछ । विदेशस्थित शाखामार्फत नेपालबाट गएका विद्यार्थीलाई थप सहजता दिलाइने पनि थापाले उल्लेख गरे ।
उचित परामर्श दिएर दक्षता अभिबृद्धि गर्न विदेश जाने र फर्किएर स्वदेशमा रोजगारी सृजना गरी गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यप्रति उद्योग वाणिज्य संघ सकारात्मक रहेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले बताए ।
कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले विदेश अध्ययनसँगै विद्यार्थीले आफ्नो लक्ष्य र अवसरलाई सही ढंगले उपयोग गर्नुपर्ने धारणा राखिन् । उनले नेपाली विद्यार्थी अध्ययनकै लागि विदेशी भूमिमा जाउन भन्ने हाम्रो चाहना होइन, तर गुणस्तरीय शिक्षा सिकेर स्वदेशमै केही गछौं भन्ने विद्यार्थीलाई हतोत्साहित गराउन नहुने तर्क राखिन । शैक्षिक परामर्श सेवासँग सम्बन्धित व्यक्तिहरु, विद्यार्थी, राजनीतिक दलका प्रतितिधिहरु, शिक्षाविदहरुको उपस्थिति रहेको थियो ।
