विज्ञान/प्रविधि

मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता नदिने

फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ। तर,फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू नहुने उल्लेख गरेको छ।
गत सोमबार फेसबुकले आफ्नो अनुहार चिन्ने उपकरण बन्द गर्ने र एक अर्बभन्दा बढी मानिसको अनुहारको टेम्प्लेट मेटाउने जनाएपछि गोपनीयता अधिकारका वकालतकर्ता तथा अनुहार पहिचान गर्ने नीतिका आलोचकहरुले खुसी व्यक्त गरेका थिए। विवादस्पद डिपफेस एल्गोरिथ्म समावेश गर्ने प्रविधि ट्यागिङ गर्ने उद्देश्यका लागि अपलोड गरिएका तस्बिरमा व्यक्ति पहिचान गर्न प्रयोग गरिएको थियो।
फेसबुकले अनुहार चिन्ने सफ्टवेयर आइन्दा प्रतिबद्धता व्यवहारमा लागू गरिसकेको छ। त्यसैगरी, मेटाभर्स उत्पादनमा यो सफ्टवेयर चालू राखे पनि विस्तार चाहिँ नगर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।

Author

You may also like