अर्थ

३२ दशमलव ५१ अङ्कले घट्यो नेप्से

कारोबार हुने साताको अन्तिम दिन बजार कारोबार मापक नेप्से ३२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ। बुधबार ५० अङ्कले बढेको बजार आज ३२ दशमलव ५१ अङ्कले घटेर दुई हजार ६ सय ३३ अङ्कमा झरेको छ।
आज विकास बैंक समूहको सेयर एक सय ५५ अङ्क, हाइड्रोपावरको दुई, फाइनान्सको ६८, निर्जीवन बीमाको १०४ अङ्क, माइक्रोफाइनान्सको ३८ र जीवन बीमा समूहको सेयर १०१ अङ्कले घटेको छ। समग्र बजार घटे पनि व्यापार समूहको सेयर ११८ अङ्कले बढेको छ।
आज गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पार्टनरको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ। बजार घट्दा पनि नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्तीय वित्तीय संस्था र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
आज दुई सय २५ कम्पनीका ७३ लाख २१ हजार कित्ता शेयर तीन अर्ब ७० करोड रुपैयाँमा किनबेच भएका छन्। सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

Author

You may also like