समाचार

८ महिने बालक सहित दुई सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो

काठमाण्डौ/ ८ महिने बालक सहित आज थप दुई सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका दुई सय ७८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । आज थपिएका मध्ये कर्णाली प्रदेशका मात्रै एक सय जना रहेका छन् ।

सङ्क्रमितमध्ये निको भएर घर फर्किनेको सङ्ख्या तीन सय ३३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुुगेको छ ।

Author

You may also like