नेपालमा जेनजीको अन्तरिम सरकारले देशको एघारौ संविधान दिवस मनाई रहँदा नव गठित सरकारमा नयाँ उत्साहको लहर तरंगित हुँदै गएको, तथा आत्म विमुग्ध भए झैं नयाँ दृष्टिकोणका साथ जनता लाई मार्गदर्शन गर्न नयाँ नयाँ उपायहरू अबलम्बन गर्ने घोषणाहरू भटाभट हुन थालेका छन्।तर संविधान निर्माण ताका अग्रणी भूमिका खेलेका राजनीतिक दलहरु तथा नागरिक समाजहरुमा भयाक्रान्त मानसिकता छ। उनीहरू छाँगा बाट खसे झैँ आफूलाई अत्यन्त नै असहज र प्रतिकूल अवस्थामा संकटमा परेको र अधोपतन को स्थितिमा पुगेर देशलाई पनि संकटको खाडलमा पुर्याउने प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेलेको अनुभूतिमा बाँच्नु परि रहेको गहिरो पीडा बोधको अनुभूति बाट त्रस्त छन्।
विश्वमा प्रचलनमा रहेको जुनसुकै राजनीतिक प्रणाली वा मोडलमा डेमोक्रेसी अर्थात् लोकतन्त्र एउटा सर्वसम्मत र सर्वश्रेष्ठ राजनीतिक विचारको रूपमा रहँदै आएको विश्वव्यापी मान्यता रहेको छ। नागरिक स्वतन्त्रता र नागरिकहरूका मूलभूत सवालहरुमा सरकारले सहजीकरण न गरे सरकार ले गर्ने काम कर्तव्य र सुशासनका कुराहरु माथि जनतालाई सरकार माथि दबाब सृजना गर्ने प्रजातान्त्रिक अधिकार पनि संविधान ले सुनिश्चित गरेको हुन्छ । आन्दोलन गरी सरकार ढाल्ने देशको रुपमा नेपाल धेरै नै अगाडि रहेकोले देशका क्रान्तिकारी युवा समुहहरुको विचार र दुनियाँलाई नेपाल प्रतिको दृष्टिकोण लाई बुझ्न नेपाली जनताहरूको सत्य निष्ठा र राष्ट्र प्रति उत्सर्ग गर्ने भावनालाई हलुका रुपमा न लिन पनि संकेत गरि रहेको छ ।नेपालको लोकतन्त्र दिगो र स्थायी हुन न सकेको यथार्थ वास्तविकतामा निहित स्वार्थ बाट उत्प्रेरित भै विभिन्न दलहरू संग सेटिङ मिलाएर सरकारमा जाने जस्ता अपरिपक्व र अपारदर्शी गठबंधन हरुले नै देशको तरल राजनीतिक अवस्थालाई हुतिहारा बन्ने अवस्थामा पुर्याई दिएको सत्य यथार्थ छ। संविधान र कानुनको सर्वोच्चतामा विश्वास गर्ने देशका आम नागरिक भष्मासुर प्रवृत्ति को बन्द, हडताल, तोडफोड, आगजनी र लुट पाट तथा हत्या र हिंसा जस्ता अमार्यदित तथा अमानवीय र असंवैधानिक गतिविधिहरूलाई मन पराउँदैनन्, किनकि देशको सबै किसिमको घटना र विचारहरूको ऋण को भारी जनताले नै ब्यहोर्नु पर्ने भएकोले जनताका भावना र विचारहरू संग यो अलिकति पनि मेल खाँदैन ।
बङ्गला देश र श्रीलंकामा भएको निर्वाचित सरकारको तख्तापलटको नक्कल नेपालमा पनि गराएर देशमा सुधार हुन्छ भनेर सोच्नु कति व्यावहारीक हुन्छ भन्ने कुरालाई निष्कर्षमा पुरयाउन धरै लामो समय सम्म कुर्नु पर्नेछ भन्ने जसो लाग्दैन । देश भित्र व्यापक हुँदै गएको संस्थागत भ्रष्टाचार तथा देशमाथि लादिएको आइएनजिओ र एनजीओहरू प्रतिको उत्कट प्रेम रहुन्जेलसम्म देश बाट भ्रष्टाचार उन्मूलन गर्ने काम दुनियाको कुनै देशमा सम्भव हुन सकेको छैन । जसरी भए पनि धन, सम्पत्ति थुपार्ने, भोग विलास र चरम आनन्दको जीवन बाँच्ने जस्ता भौतिकवादी कला र चिन्तनले नेपाल लाई पनि परनिर्भरता मा बाँच्ने अवस्थामा पुर्याउँदा भ्रष्टाचारमा कहीँ कतै कुनै कमी आएको देखिएको छैन। दुनिया का कतिपय शक्तिशाली मुलुक हरू आफ्नो व्यापार र विदेश नीति लाई बढावा दिँदा गरीब र परनिर्भर राष्ट्रहरूले उनीहरूको ट्रयाप बाट देशलाई बचाउन हम्मे हम्मे परेको छ। अफगानिस्तानमा अलकायदा आतंकवादी समूहको कट्टर इस्लामिक सरकार छ। त्यहाँको निर्वाचित सरकारलाई ढालेर बनेको इस्लामिक सरिया कानुन बाट चल्ने सैनिक सरकार छ। पाकिस्तानमा पनि सेना बाट समर्थित कठ पुतली इस्लामिक सरकार छ । श्री लंकामा तखतापलट पछि आएको नयाँ सरकार विदेशी शक्ति राष्ट्रको फन्दामा फस्दै गएको छ।
बाङलादेश चरम इस्लामिक स्टेटको इशारामा त्यहाँको अल्पसंख्यक हिन्दु र ईसाई धर्मावलम्बीहरु माथि अत्यन्त बर्बर र चरम दमन र हिंसा फैलाई रहेका छन् ।ती मुलुकहरूमा नागरिक अधिकार र मानव अधिकार लगायत का कुराहरु उल्लंघन गर्ने सवालमा सरकार मुकदर्शक बनेको छ । जुन सुकै देशमा पनि भ्रष्टाचारलाई कानुनी अपराध मानिएको छ।कानुन बमोजिम कारबाही गरी अपराधी लाई सजा दिलाउनु जस्ता कार्यहरू न्यायिक क्षेत्र भित्र पर्दछ। सडकबाटै न्याय माग्न जाँदा देशको न्यायको मन्दिर सर्वोच्च अदालत जलेको छ । राम्रो राम्रो कानुन बनाउने र पारित गराउने संस्था देशको संसद भवन जलेको छ । राष्ट्रिय एकतालाई संवर्धन र संरक्षण गर्ने र संविधानको रक्षा गर्ने संस्था राष्ट्रपति भवन जलेको छ।देशभित्रका सबै प्रदेश भवनहरू र स्थानीय सरकारका सबै भवनहरू ध्वस्त बनाइएका छन् । सुरक्षा निकाय मातहतका कार्यालयहरू समेत ध्वस्त पारिएका छन् ।असल शासनको प्रत्याभूति गराउन बनेको संविधान कागजको खोस्टो साबित भएको छ। नेपालको संसदमा सरकारको प्रतिपक्षमा विरोधको स्वर उकेल्ने प्रतिपक्षी दलमा समेत निस्तब्धता छाएको छ। नेपालका असल मित्र राष्ट्रहरू र सहयोगी राष्ट्रहरू नेपालमा भएको राजनीतिक उथल पुथल लाई गहिरो उदासी र दुःख का साथ नियालि रहेका छन् । छद्म भेष धारण गरी आफ्नो निहित स्वार्थ पूरा गर्न जेन जी पुस्ता का देशभक्त आन्दोलनकारीहरूको समुहमा घुसपैठ गरी आतंक मच्चाउने हुललाई पहिचान गरी देशलाई आसन्न संकटबाट जोगाउनु जरुरी छ । श्रीलंका र, बङ्गला देश जस्तै नेपाल पनि अमेरिका र चिन का बहुराष्ट्रिय कम्पनी र संस्था तथा अतिवादी धार्मिक समुहहरु बाट प्रत्यायोजित अशान्ति डिप स्टेट पोलिटिक्सको शिकार हुने त होइन भन्ने शंका उपशंका गर्ने कार्य शुरू भइ सकेको छ। धनी मुलुक हरुले गरिब देशहरूलाई विकाशमा सघाउने भनेर अख्तियार गरेको गुप्त रणनितिक योजनामा त्यहाँ रहेको सरकार विरोधी दलहरु लाई आफ्नो पक्षमा पारी उनकै एजेण्डाहरुलाई सडक युद्ध र विद्रोहको रूपमा अगाडि सारेर सरकार अस्त व्यस्त बनाउने र देशभित्र अस्थिरता बढाइ रहने भएकोले देश सधैं भरि को लागि राजनीतिक रूपमा अस्त व्यस्त र अशान्त नै बनि रहेको हुन्छ। लोकतन्त्रमा विश्वास गर्ने समाज इमान्दार र स्वच्छ छवि भएको व्यक्तिलाई मन पराउने भएकोले निर्वाचन बाट छानिएका जन प्रतिनिधिहरूबाट देशको शासन सत्ता सञ्चालन भएको हेर्न चाहेका छन् ।अस्थायी तवरले कुनै नौकर शाह, विज्ञ वा नागरिक समाजका अगुवाहरु नै सरकारमा गए पनि यसले वास्तविक जन प्रतिनिधिको रूपमा जनताको राजनीतिक अभ्यास र सरोकारका सह कार्यलाई बुझ्न कठिन हुन्छ।
नेपालमा दक्षिण पन्थी विचारका राजनीतिक दलहरुमा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह लगायतका हिन्दु राष्ट्रवादी धारका प्रबुद्ध व्यक्तित्वहरू तथा राजावादीहरु छन् भने वाम पन्थी विचारका कम्युनिस्ट क्रान्तिको संवाहक प्रचण्ड ,ओली ,माधव कुमार नेपाल लगायतका पुरानो पुस्ता नेताहरू छन् ।यिनीहरूको बस उठ गर्ने ठाउँ र विचार मिल्ने थलो भनेको चीन गणतन्त्र नै हो तर चिन लाई पटक्कै मन न पराउने हिन्दु राजा र हिन्दु राष्ट्रको माग गर्ने दलहरुका बिचको अन्तरसंघर्ष ले जन्माएको गृह कलह बाट नेपाल र नेपालीको भविष्य कति सुरक्षित हुन्छ भन्ने कुरा विचारणीय छ । ब्रिटिस राजनैतिक नोकर शाह मेकिया वेली ले ब्रिटिस शासनलाई विश्वभरि नै फैलाउन जुन रणनीति अपनाएका थिए त्यसलाई मेकिया वेली राजनीति भनिन्छ। उनको विचारमा,, यदि तपाईँ कुनै राष्ट्रलाई समूल रुपमा विनाश गर्न चाहनुहुन्छ भने पहिला त्यस देशको इतिहास र संस्कृतिलाई समाप्त पारि दिनु होस , त्यो राष्ट्र आफ्नै कारण ले विनष्ट हुन्छ। ,,, आजको तरल राजनीतिक अवस्थामा देश भित्र जुन वातावरण निर्माण भइरहेको छ, त्यस संग देशको संवेदनशीलता पनि जोडिएको छ, देशको संवेदनशीलतालाई जोगाउन सकियो भने देशमा व्याप्त रहेको जात, भात, नाता, भाषा तथा भेषको आधारमा मात्र पहिचान लाई परिमापन गर्ने विचारलाई देशको सङ्घीयता, गणतन्त्र र समाजवादको पक्षमा अनुवाद गर्नु जरुरी छ। अपारदर्शी विचार र अपारदर्शी संस्कारले पु¥याउन सक्ने क्षतिबाट देश त्राहिमाम हुने अवस्थामा पुगी सकेको छ । अब देशलाई माया गर्ने नागरिक समाजहरू निहित स्वार्थ बाट माथि उठ्नु जरुरी छ।
