सप्तश्री एकेडेमी झापा जिल्लाको दमक नगरपालिका वडा नं ९ शान्तिमार्गमा २०७५ सालमा स्थापना भई हाल कक्षा १० सम्म सञ्चालनमा रहेको छ । यो संस्था समाजको आजको आवश्यकता र चुनौतिलाई सम्बोधन गर्दै सिप, संस्कार र प्रविधिमा आधारित बालमैत्री कक्षा सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । चारतले भवनसहित यथेष्ट पूर्वधारयुक्त यस एकेडेमी ‘हाई–टेक कन्सेप्ट’ अनुरूप नमूना बनेर सञ्चालन भइरहेको स्कूल हो ।
आधुनिक समयमा शिक्षामा नयाँपनसहित सिप, संस्कार एवम् व्यावसायिक र वैज्ञानिक प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले पहिलो पटक काठमाडौं उपत्यकाबाहिर झापाको दमकमा सप्तश्री एकेडेमी सञ्चालनमा ल्याइएको हो ।
सप्तश्री एकेडेमी नेपाल सरकारद्वारा मान्यताप्राप्त विद्यालय हो । विद्यालयले विद्यार्थीको गुणस्तर वृद्धी गर्दै मानवमा हुनुपने दक्ष ज्ञान सीपको विकास गराउने, विद्यार्थीको आत्मवलमा वृद्धी विकास गराउने लक्ष यस विद्यालयको रहेको छ ।
जात र वर्गका रुपमा विभेदरहित, दया, मायाभाव सहित सिकाइने, विद्यार्थी केन्द्रित विधि अपनाएर पढाइ गुणस्तरीय तथा दक्ष शिक्षकबाट हरेक विद्यार्थीलाई एउटै लेभलको दक्षता हाँसिल गराउने उदेश्य यस विद्यालयको रहेको छ ।
प्रोजेक्टरको प्रयोगमा प्रविधिमैत्री सिकाइमा जोड दिँदै विद्यार्थीको चौतर्फी विकास गर्ने, परिणाममुखी, कोलाहल नभएको क्षेत्रमा रहेको आफ्नै सुविधासम्पन्न भवनमा प्रयोगात्मक तथा प्राक्टिकल शिकाइलाई प्राथमिकतामा राखेर अध्यायन गराइने गरिँदै आएको छ ।
समय समयमा अभिभावकसँग परामर्ष र छलफल गरेर योजना तर्जुमा गर्ने, ग्रुप डिस्कसन, फिल्ड भ्रमण गराउनुका साथै विद्यार्थीमा रहेको नैसर्गिक क्षमतालाई हौसलाकासाथ प्रस्फुटन गराइनु यस विद्यालयको मुख्य विशेषता भित्र पर्दछ ।
यस एकेडेमीमा हुने आफ्ना बालबालिकाहरुको गतिविधिबारे घर वा अफिसमै बसीबसी इन्टरनेटको माध्यबाट जानकारी पाउन सकिने प्रविधियुक्त व्यवस्थापन गरिएको सञ्चालकहरूले बताएका छन् ।
यसका लागि दमक– ९ मा १२ कठ्ठा जग्गा समेत विद्यालय व्यवस्थापनकै स्वामित्वमा लिएर एकेडेमीले पूर्वाधार निर्माण गरिसकेको छ ।

लगभग १२ करोड लगानीमा स्थापना भएको यस विद्यालयमा यथेष्ट भौतिक पूर्वाधार, मन्टेश्वरी शिक्षण विधि तथा बालमैत्री वातावरणमा पढाई सञ्चालन भइरहेको विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष विरेन्द्र बस्नेतले बताए ।
‘दमकमा मात्रै होइन, उपत्यकाबाहिर नै सप्तश्री एकेडेमीको जस्तो पूर्वाधार र शैक्षिक वातावरणको स्कूल यो मात्रै भएको दावी गरे । उनले भने– ‘गुणस्तरीय, प्रविधियुक्त र व्यावहारिक शिक्षाका लागि युवा जनशक्तिलाई दिनहुँ विदेशिने क्रमलाई न्यूनीकरण गर्न र स्वदेशमै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने उदाहरण दिनकालागि हामीले ठूलो लगानीका साथ सप्तश्रीको परिकल्पना गरेका हौं । टिमको साझा अवधारणा र सक्रियताले मात्रै यो स्कूल यहाँसम्म ल्याउन सफल भइएको हो ।’
उनले भने– हामी कसैको प्रतिस्पर्धी पनि होइनौं र हाम्रो प्रतिस्पर्धी स्कुल पनि यहाँ छैनन् । अरु बोर्डिङ स्कुल अथवा मन्टेश्वरीले दिनेभन्दा बिल्कुलै फरक किसिमबाट हामी शिक्षा दिन्छौं । यहाँ विद्यार्थीका लागि आवासीय सुविधा समेत उपलब्ध छ । कोर्षका अतिरिक्त बालबालिकाको चौतर्फी ज्ञान र मनोरञ्जनसहित हामी कक्षा सञ्चालन गरिरहेका छौं ।’
यो एकेडेमीमा कक्षा दशसम्म अध्यायन गराइन्छ । यस विद्यालयमा एयर कन्डिसनसहितका कक्षाकोठा निर्माण गरिएका छन् । काठमाडौंबाहिर अहिलेसम्म यस किसिमको शैक्षिक वातावरणमा पढाइ हुने गरेका विद्यालय कमै छन् ।
उपत्यकाबाहिर, त्यसमा पनि पूर्वी नेपालमा यस किसिमको सुविधासम्पन्न शिक्षा दिने शैक्षिक संस्था नभएकोमा यस एकेडेमीले नै बालबालिकालाई आफूले चाहेजस्तो शिक्षा दिने सुविधा उपलब्ध गराएको प्रतिक्रिया अभिभावकहरुले दिँदै आएका छन् ।

जीवनोपयोगी अतिरिक्त क्रियाकलापहरु
यस एकेडेमीले सिप, संस्कार र जीवनोपयोगी अतिरिक्त क्रियाकलापहरुको व्यवस्थापन गरेको छ । यहाँ नर्सिङ केयर, योगा, नाटक, नृत्य, संगीत, मार्सल आर्ट, टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल, क्रिकेट, भलिबल, स्वीमिङ पुल, फुटसललगायत १५ भन्दा बढी क्रियाकलापको सुविधा उपलब्ध हुने बताइएको छ ।
यस संस्थाका उद्देश्यहरू
– बालाबलिकालाई सिप र प्रविधिमा आधारित शिक्षा प्रदान गर्दै विश्वस्तरमा खुल्ला प्रतिस्पर्धा गर्न सक्षम बनाउने,
– बालाबलिकालाई आफ्नै मौलिक संस्कार संस्कृति र मूल्यमान्यतालाई सम्मान गर्ने सुसंस्कृत नागरिकका रूपमा शिक्षित बनाउने,
–ज्ञान सिप र कलामा प्रतिस्पर्धा गर्न योग्य, सक्षम, दक्ष र जिम्मेवार नागरिक तयार गर्ने,
प्रतिभाहरूको अन्तर्निहित क्षमता र शक्ति पहिचान गरी तिनीहरूको प्रस्फुटन गर्दै व्यक्तित्व विकासमा सहयोग पु¥याउने ।
यस संस्थाका विशेषताहरू
–असल, सबल र सफल व्यक्तित्व निर्माणमा केन्द्रित अतिरिक्त क्रियाकलाप गराउने ।
निरन्तर रचनात्मक मूल्याङ्कन विधिको प्रयोग गर्ने ।
–सिकाइ क्रियाकलाप प्रविधिमा आधारित भएर गराइने ।
–नैतिक शिक्षा र आध्यात्मिक चेतनाको विकासमा जोड दिइने ।
–स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक स्वास्थ्य परामर्श दिइने ।
–वार्षिक कार्यतालिका अनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ।
–समय समयमा हस्तलेखन अभ्यास तालिम दिइने ।
–अध्ययन अवलोकन भ्रमण गरी प्रतिवेदन तयार गर्न लगाउने ।
शिक्षण विधि
–विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग ।
–नियमित कक्षाकार्य लगायत अतिरिक्त कक्षा सञ्चालन ।
–दैनिक लेखन तथा पठनको अतिरिक्त अभ्यास गराइने ।
–परियोजनामा आधारित गृहकार्य दिइने ।
–नियमित शारीरिक व्यायम तथा खेलकुद अभ्यास गराउने ।
–साहित्यिक, साङ्गीतिक जस्ता विभिन्न शीर्षकमा प्रतिस्पर्धात्मक एवम्
रचनात्मक प्रतियोगिताहरू गराउने ।
–शीर्षक अनुकूल प्रविधिमैत्री शिक्षण सिकाइ अभ्यास गराइने ।
प्रिन्सिपल प्रताप शर्मा कट्टेल सँगको कुराकानी

हामीले शिक्षण विधिलाई प्रविधिसँग जोडेका छौं – प्रिन्सिपल प्रताप शर्मा कट्टेल
यो स्कूल अरु भन्दा पृथक कसरी ?
हामी अरु स्कूल भन्दा यसर्थ भिन्न छौ कि यो स्कूलमा प्रविधीमैत्री कक्षाकोठा, शिक्षण विधिमा प्रविधिसँग जोडेका छौ । प्रविधिका उपकरणको माध्यमबाट सिकाइन्छ । अन्तरक्रियात्मक सफ्टवेयरको प्रयोग गरिएको छ । अन्य प्राविधिक तरिका अपनाएर अध्यापनलाई गुणस्तरीय बनाइन्छ ।
घोकन्ते शिक्षाबाट मुक्त गर्न गुणस्तरीय शिक्षण विधि के छन् ?
गुणस्तरीय शिक्षाको लागि विद्यार्थी केन्द्रित विधि अपनाएर शिक्षण गरिन्छ । प्रोजेक्ट वेस्ड लर्निङ विधि अपनाइन्छ । समस्याहरु हल गर्दै सिकाइन्छ । शिक्षामा पनि ए आइ प्रयोग गर्दै नयाँ र आउदै गरेका प्रविधिको प्रयोग गरेर विद्यार्थीको गुणस्तर बढाउन उत्प्रेरित गरिन्छ ।
बढी विषय र बढी पाठ्यपुस्तकको बोझ हटाउन के उपाय अवलम्बन गरिएका छन् ?
साथी साथीविच छलफल र शिक्षक शिक्षक विच पनि अन्तरक्रिया गराएर सिकाइलाई सरल गराइन्छ । अभिनयात्मक सिकाइलाई प्राथमिकतामा राखिएको छ । रावर्टको बारेमा पनि उदाहरण दिँदै सिकाइन्छ ।
पढाइमा उत्प्रेरणा गर्ने नयाँ विधि के छन् ?
विद्यार्थीको क्षमता र सिक्ने रुचीलाई मध्यनजर गरेर सिकाइन्छ, विद्यार्थीको सक्रिय सहभागिता गराएर ब्याक्तिगत रुपमा पनि सम्वन्वय गरेर सिकाइन्छ । खेलको माध्यमबाट पनि सिकाइन्छ । सफ्वेयर र मोवाइलको बारेमा पनि सिकाइन्छ ।
प्रश्तुती – विमल लामिछाने