म सानो छँदा हजुरबा सन्तानको ‘कूल’ र पानीको ‘मूल’ को कुरा प्रायः पटक पटक दोहो¥याउनु भएको सुन्थें । त्यो कुरा उहाँले संस्कारसंग जोडनु भएको रहेछ, आज बुभ्mदैछु । हिजो सुनेका कयौं कुराहरुको रहस्योदघाटन आज भइरहेको छ ।
धेरै कुराहरु बिर्षिएर गए आज । ती संझनु पर्ने कुराहरु धेरै बिर्षिए । ज्ञानका कुराहरु बिर्षिए । संस्कारका कुराहरु बिर्षिए । संयमताका कुराहरु बिर्षिए । अनुशासनका कुरा निस्तेज भए । शिष्टाचार र सभ्यताका कुरा सिद्धिएर गए । जीवनका धेरै कथाहरु हराउँदै जाँदा रहेछन् ।
अनि नयाँ कथा बन्दै जाँदा रहेछन् ।
गुमेका ती संपतीलाई ल्याउन खोज्दा पनि ती आज कतै छैनन् । कतै भेटिंदैनन् । अनि आज बिर्षिनु पर्ने ती तमाम मानवीय संवेगात्मकता नाशिएका कुराहरु बिर्षिन पाईएको छैन । ती हरपल कानमा, नाकमा, आँखामा र चेतनामा बाराम्बार आइरहन्छन् । बलत्कारले पिरोलिएका अबोध नानीहरुका अवचेतन लाशहरु नहेर्न पाए कति हुन्थ्यो ? सहमतिको रटान लगाएर पाँडे गाली गर्ने नेताका कुरा सुन्न नपाए यी कान कति पवित्र हुन्थे ? भ्रष्टाचारले समाप्त गरेको यो समाजलाई अझ उत्तेजित पार्ने राजनैतिक संरक्षण पाएका समाचार हेर्न नपाए हुन्थ्यो कवि आनन्द हुन्थ्यो ? संविधानको कुरा गरेर देशकालई कुण्ठित गर्ने लाठी र मुङ्ग्री देख्न नपाए कति आनन्द हुन्थ्यो ? तर आज हाम्रो नियती नै यस्तै बनेको छ । हेर्न नचाहेको कुरा हेर्नु परिरहेछ । सुन्न नचाहेको कुरा सुन्नु परिरहेको छ । हिंडन नचाहेको बाटामो हिंडनु परिरहेको छ । खान नचाहेको कुरा खानु परिरहेको छ । सुँघ्न मन नलागेको कुरा सुँघ्नु परिरहेछ । नचाहेको कुरा अँगालेर जिउनु पर्ने समयमा रहेछौं हामी । यस्तै लागिरहेको छ आज ।
यी मनले डिलिट गरेका कुराहरु हाम्रा अनन्य मित्र भैदिए आज । यो संस्कारले ल्याएको उपलब्धी हो । संस्कार कुनै सुत्रबाट प्राप्त हुने कुरा होइन । कुनै किताव पढेर प्राप्त हुने कुरा होइन । कुने तालिम र प्रशिक्षण लिएर प्राप्त हुने कुरा पनि होइन । कुनै महापुरुषको संगत गरेर प्राप्त हुने पनि होइन । कुनै ठाँउमा घुमफिर गरेर प्राप्त हुने कुरा पनि होइन । कसैको जीवन पद्धती हेरेर आउने पनि होइन यो त शरीरको प्रत्येक शुष्म अंशमा बगेको कुनै पनि शुष्मदर्शक यन्त्रले पनि देख्न नसकिने शरीरका परमाणु हुन् । जसरी एउटा गहुँको दानामा भिटामिन चाहिँ छ भन्न सकिन्छ, तर त्यो भिटामिन ठ्याक्कै चाहिं कहाँ छ भनेर काटेर निकाल्न वा देखाउन सकिंदैन, त्यसैगरी संस्कार पनि शुष्म छ । संस्कार मान्छे जन्मिएर हुर्किंदै गर्दा उसका शरीरका परमाणुमा पनि हुर्किदै गएका हुन्छन् । ती परमाणु परिवार र समाजले हुर्काइदिएका हुन्छन् ।
आज हामी यही संस्कारको चपेटाले रन्थनिएका छौं । हाम्रा बैयक्तिक संस्कारले हामीलाई कुरुप बनाइरहेको छ प्रत्येक पल । हामी पश्चिमाहरुलाई असंस्कारी भनेर नकारात्मक नजरले हेर्छौं । हामीलाई सानैमा हाम्रा आँखामा पट्टी लगाइदिएको छ ; पश्चिमा भनेका आततायी हुन्, बिस्तारबादी हुन्, निर्दयी हुन् र यिनको मनमा मानवीयता छैन आदि । तर यी कुराको परीक्षण नगरी हामीले पनि आँपैंmलाई मात्र महान ठान्न थाल्यौं ।
बेलायती लेखक तथा राजनीतिज्ञ नोर्मान भिन्सेन्ट पलको एउटा निवन्धमा एउटा कहालीलाग्दो प्रशंग उल्लेख गरिएको छ । हाम्रो संस्कारले कल्पनै गर्न नसकेको कुरा ।
पलको त्यस कथामा एक जना मान्छे पहाडको धुले बाटोमा हिउँदको बेलामा आप्mनो कार लिएर जाँदै थियो । केही समय पछि केही परको शाखा बाटोबाट अर्को कार सडकमा आयो र अगाडि लाग्यो । त्यो निकै पर भएकोले अगाडि त लाग्ने नै थियो । बाटो धुलोले भरिएको थियो । खुब धुलो उड्यो । कुइरीमण्डल भयो । लामो पहाडको बाटो थियो त्यो । केही समय दुबै कार अघिपछी भएर कुदे । अचानक अगाडि लागेको त्यो कार रोकियो । पछाडिकोले ठान्यो, यसको टायर वा इन्जिनमा कुनै खरावी भयो र रोकियो । अनि पछाडिको कार पनि त्यो अगाडिको कार रोकिए ठाउँमा आइपुग्यो र सोध्यो, ‘तपाईलाई कुनै समस्या परे जस्तो छ । म सहयोग गर्न सक्छु ?’ त्यो अगाडिकोले गम्भिर भएर भन्यो, ‘कुरा त्यसो होइन । आधा बाटो मैले तपाईलाई धुलो खुवाएँ, अव बाँकी बाटोमा धुलो खाने पालो मेरो । अगाडि लाग्नोस ।’ त्यसपछि त्यो अघि पछाडि धुलो खाने कार अघि लाग्यो र अघि धुलो खुवाउने पछि लाग्यो ।
यो एउटा प्रतिनिधी घटना थियो उनीहरुको संस्कार र शिष्टाचारको । मैले यो कुरा कक्षामा प्रश्तुत गर्दा केटाकेटीहरुले बिश्वास गर्न सकेनन् । यो कुरा उनीहरुले कल्पना गरेको भन्दा बाहिर परेछ । पश्चिमाहरु यस्ता हुन्छन् भन्ने तिनले सोचेका पनि रहेनछन् । नेपालको राजनीतिमा त झन् पश्चिमाहरु प्रति घृणा गर्ने दल वा कार्यकर्ता महान हुन्छन् भनेर सिकाइएको छ ।
२०१९ को जून महिना थियो सायद, अष्ट्रेलियाको मेलबर्नमा विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल भयो । फइनलमा न्यूजिल्याण्डलाई अष्ट्रेलियाले नराम्ररी पराजित ग¥यो । अष्ट्रेलियामा रहेका केही नेपालीहरुले पनि मेलवर्न गएर क्रिकेट हेरे । क्रिकेटका क्रेज भएकाले होला उक्त खेल हेर्न रंगशालामा गएनन् मात्र, ती मध्ये केही नेपालीले न्यूजिल्याण्डका प्रखर खेलाडी टेलरसंग सेल्फी फोटो खिच्न पनि भ्याए । म पनि चकित नै परें । लिग चरणमा आँपैंmले जितेको टिमले फाइनलमा आँपैंmलाई लज्जास्पद तरिकाले हराउँदा मर्माहत हुनु पर्नेमा ती खेलाडीहरु खुशीयाली बाँडदै, दर्शकसंग फोटा खिंचदै हिंडे । अंकमाल गर्दै हिंडे । मुस्कुराउँदै हिंडे । फाइनलको हार पनि कति सुन्दर थियो ! कति मर्मस्पर्शी थियो ! त्यो हारले न्यूजिल्याण्डमा कुनै घटना भएको थाहा छैन । बरु उल्टै ती खेलाडीको भब्य स्वागत भयो । अनि सेमिफाइनलमा खेल हार्ने बित्तिकै कति हंगामा भयो भारतमा ? कति कुरुप कोलाज देखियो ? कलाकार देखि राजनीति गर्नेहरु नै त्यो कुरुप कोलाजमा उत्रिए । अनि त्यही छिमेकीको धाराको पानी खाएका हामी कसरी न्यूजिल्याण्डका जस्ता संस्कारी बन्न सक्छौं ? यो कल्पना बाहिरको कुरा हो ।
आज हामी हाम्रा जस्केलामा अनेकौं कुरुप कथाहरु हेरेर र श्रवण गरेर बाँचिरहेका छौं । बलात्कारका कथा । कुटपिटका कथा । मुद्धा खेपाइएका कथा । हत्या र अपहरणका कथा । लाठी र खुर्पाका कथा । जल माफियाका कथा । स्वास्थ्य र शिक्षाका माफियाका कथा । सर्वोच्चका पैmसलाहरुको कथा । संविधानका एकादेशका कथा । शिक्षक र कर्मचारीका राजनीतिका कथा । सत्ताका कथा । भत्ताका कथा । जातीयताका कथा । बकम्फुसे लोकतन्त्रका कथा । अख्तियारका कथाले भरिएको यो मुलुकको कथा फेरिन सकेन । यही दुखलाग्दो कुरा हो ।
त्यतिबेला अख्तियारले २३ जना बिरुद्ध ७९ करोड भन्दा बढीको विगो माग दाबी गर्दै विशेष अदालतमा मुद्धा दायर ग¥यो । पर्यटन बोर्डमा भएको भ्रष्टाचारको मुद्धामा ५० जनालाई प्रतिपक्षी बनाएर दायर गरिएको यो मुद्धा हेर्दा हाम्रो कुलुकमा शैतानहरु मात्र बस्दा रहेछन् भन्ने देखियो । राजनीतिमा मात्र शैतान छन् भन्ने भ्रम तोडिदिउको छ यो मुद्धाले । दुषित संस्कारमा हुर्किएका यो समाजका समग्र अवयवहरु नै दुषित छन् । यसलाई हटाउन संस्कारले मात्रै सक्छ । तीनवटा चिजबाट सुसंस्कारको अपेक्षा गर्न सकिन्छ । ती हुन् — प्राथमिक तहमा पढने बिध्यार्थी, तिनैलाई पढाउने शिक्षक र तिनैका बाबुआमाले मात्र यी तमाम बिकृति र बिसंगती, अपराध, हिंसा, भ्रष्टाचार निर्मूल गरेर सुसंस्कारी समाजको निर्माण गर्न सक्छन् । हामी देखिरहेका छौं, बाबुआमाले नै छोराछोरीलाई ‘धेरै पढेर धेरै पैसा कमाउनु पर्छ’ भनेर घोचिरहेका हुन्छन् । कमाउका बिषय छानिदिन्छन् पढाइमा पनि । अभिभावकले नै नानीहरुलाई ‘गाडिमा भाडा तैंले तिर्नु पर्दैन, कार्ड देखाउनु नी, भइहाल्छ । किन पैसा चाहियो तँलाई !’ भन्छन् । मैले नै सुनेको छु । तर तिनले कहिल्यै पनि ‘अशल नागरिक बन्नु, प्राज्ञ बन्नु, नाम सुवास पैmलाउनु, नयाँ कुराको आविस्कार गर्नु, राजा देउताले चिन्ने हुनु, सिर्जनशील हुनु, अर्काको सित्तैमा नखानु, मिहेनमा बिश्वास गर्नु, सबैलाई मायाँ गर्नु, घृणा कसैलाई नगर्नु, दुर्वाच्य नबोल्नु, अर्काको मर्म र भावनालाई सम्मान गर्नु, नियम र कानूनको पालना गर्नु, बल भन्दा बुद्धिमा बिश्वास गर्नु’ अदि ।

यस्ता कुराले भरिएको यो कुरुप समाजले भोलिको पुस्तालाई केही सुन्दर चिज छोडेर जाला भन्ने लागेको छैन । सबै कुरुप डम्पिङ्ग साइट छोडेर जाँदैछ । अनि त्यो आउनेवाला पुस्ताले त्यही साइटमा आपूँmलाई महान भनेर गर्व गरिरहने छ र दुनियाँले त्यो दृष्य हेरर उदेक मान्ने छन् ।

यी तमाम कथाले ल्याएका कथाबाट आमीले कसरी परिवर्तनको अपेक्षा गर्न सकिन्छन् ?

Author

You may also like