हाम्रो भारत यात्राको कुरा सुन्दा सुन्दा तपाईँलाई दिक्क त लागेको छैन नि ? अब यो अन्तिम हो । अघिल्ला तीनवटा त पढिदिनुभयो । अब धैर्यपूर्वक यो एउटा नि पढिदिनू है । यो लेखमा म केही रोचक प्रसंगहरु प्रस्तुत् गर्छु । मलाई विश्वास छ तपाईँलाई पनि ती पक्कै मन पर्नेछन् ।
अब हाम्रो यसपालीको भ्रमण करिब करिब सकिएको थियो । हाम्रो पूर्वयोजनाअनुसार हामी वृन्दावनबाट दिल्ली जाने र एकदिन त्यहाँका नाम चलेका बजारहरु घुम्ने अनि नेपाल फर्कने थियो । तर आग्राबाट वृन्दावन फर्किने क्रममा दाजुलाई ज्वरो आएजस्तो भयो । थकाइले यस्तो भएको होला, ठीक भैहाल्छ भनेर हामीले सोच्यौँ । तर बितेको समयसँगै उहाँलाई सारो सारो पार्दै लग्यो । वृन्दावन आइपुग्दा त अनुहार पनि रातो रातो, आँखा रसिला र जीउ पनि निकै रन्किएको थियो । अब भने हामी अलि चिन्तित भयौँ । सिटामोल चलाउनु नै पर्ने भयो । बेलुका कोठामा आएपछि हामीले अब के गर्ने भन्ने विषयमा छलफल ग¥यौँ । पहिलो प्रस्ताव एकदिन वृन्दावनमै बसेर आराम गर्ने कि भन्ने थियो । त्यो त्यति चित्तबुूझ्दो भएन । के को ज्वरो हो ? त्यतिबेला डेङ्गुको हल्ला पनि चलिरहेकै थियो । त्यसैले यो डेङ्गु नै पो हो कि ? हाम्रा मनमा शंका उठ्नु स्वाभाविक नै थियो । सल्लाह गर्दै जाँदा दाजु भाउजूले बरु दिल्लीको बसाइ रद्द गरेर भोलिपल्टकै प्mलाइटमा काठमाडौँ फर्किँदा नै उत्तम हुन्छ भन्ने कुरामा हामी सबैको सहमति भयो ।
वृन्दावनबाट दिल्ली फर्कने क्रममा मलाई रमाइलो लागेको पक्षचाहिँ स्लिपर बस हो । बिरामी दाजुलाई बसमा गाह्रो हुन्छ होला भनेर हामी पीर मान्दै थियौँ तर साह्रै काइदाको बस पो भेटियो । यो स्लिपर नामक् दुई तले बसमा टेूनमा जस्तै सुत्ने ओछ्यान हुने रहेछ । बसलाई कोठा कोठा जस्तो गरेर छुट्याएको । तल्लो तलाको कोठामा दुईवटा ओछ्यान र माथिल्लो तलाको कोठामा एउटा ओछ्यान । यसो निहुरेर आप्mनो कोठामा छिरेर पर्दा लगाइदिएपछि घरकै कोठाजस्तो । भएन त काइदा ? त्यहाँ उभिन भने मिल्दैनथ्यो । त्यसैले सुरुङ्गमा छिरेपछि कि सुतिहाल्नुप¥यो कि गोडा पसारेर बस्नुप¥यो । यस्तो बस मेरा लागि नितान्त नौलो थियो । जे होस्, बिरामी दाजुलाई चैँ मजाले सुतेर यात्रा गर्दा त्यति कठीन भएन होला ।
नेपालबाट दिल्ली जाँदा त एकजना शुभचिन्तकको सहायताले हामीले सिटी सेन्टरकै होटलमा कोठा पाएका थियौँ । यसपाली भने हामीले टूेन स्टेशनको छेउको बजार पहाडगन्जमा बस्ने विचार ग¥यौँ । त्यहाँ बस्नुभन्दा पनि जरुरी दाजु भाउजूलाई जतिसक्दो छिटो नेपाल पठाउनु थियो । त्यसैले दिल्ली आइपुग्ने बित्तिकै हाम्रो पहिलो काम भनेको काठमाडौँ जाने प्लेनको टिकट खोज्नु र एउटा कोठा खोजेर बिरामीलाई आराम गराउनु थियो । नभन्दै त्यही दिन दिउँसो ४ बजेको टिकट पनि पाइयो । एउटा लजमा ठीकठीकैको कोठा लिएर सामान थन्क्यायौँ र खानाको खोजीमा निस्क्यौँ । त्यसपछि १–२ घण्टा कोठामा आराम गरेर दाजु–भाउजू एयरपोर्टका लागि निस्कनुभयो । यतिन्जेल रमाइलो गर्दै सँगसँगै हिँडेको हाम्रो टीम फुट्यो । अब हामी के के गर्न सक्छौँ भनेर बुढाबुढीले एकछिन कोठामा बसेर सल्लाह ग¥यौँ ।
त्यो दिन हामी बसेको ठाउँबाट नजीक रहेका चाँदनी चोक र सदर बजार हेर्ने टुङ्गो लगायौँ । भोलिपल्टचाहिँ सरोजिनी मार्केट र १÷२ वटा सपिङ्ग मल हेर्ने अनि पर्सीपल्टको टूेन समातेर नेपाल फर्कने भन्ने हाम्रो योजना थियो । बजार हेर्न निस्कनुभन्दा अगाडि तपाईंलाई पहाडगन्जबारे अलिकति कुरा सुनाउँ, है त । प्रायः दिल्ली घुम्न आउने नेपालीहरु ठोक्किने ठाउँ रहेछ पहाडगन्ज बजार । टूेन स्टेशनबाट निस्कँदा निस्कँदै भेटिने भएकाले पहिलेदेखि नै कुनै होटल बुकिङ्ग छैन भने मानिस यहिँ फँस्दो रहेछ । गुवाहाटिको पल्टन बजार र दिल्लीको पहाडगन्ज उस्तै उस्तै रहेछन्– टूेन स्टेशनको दूरीका हिसाबले । हामीले हाम्रो यात्राको शुरुमा देखेको दिल्ली र यात्राको अन्तिममा देखेको दिल्लीमा आकाश जमीनको फरक थियो । फोहोरको पर्याय भन्नु पहाडगन्ज रहेछ । लौ त भनूँ भन्दा सफा ठाउँमा पाइला राख्न पनि मुस्किल पर्ने । बाटोको दुवै साइडमा फोहोरदेखि केही नै पो नदेखिने । चोर, लफङ्गा, पाकेटमारदेखि सावधान हुनुपर्ने ठाउँ रहेछ यो । हामी खाना खान गएको होटलको साहूजीले, “अपना मोबाइल फोन और पर्सपे ध्यान दिजीएगा”, भन्ने सल्लाह दिएलगत्तै हामीले आपूmलाई असुरक्षित अनुभव गरेका थियौँ । त्यो एक रात कसो कसो त्यहाँ कटाएर भोलिपल्ट त पहिले बसेकै ठाउँतिर जाने भएका थियौँ हामी । त्यता त हामी निर्धक्क भएर घुमेका थियौँ । इन्डियासँग सम्बन्धित सबै नकारात्मक पक्ष–फोहोर, भीड, भिखारी, ठगजस्ता कुरा पहाडगन्जमा देख्न पाइयो भने सिटी सेन्टरतिर बडो आनन्दको अनुभूति भएको थियो । बहुत व्यवस्थित शहरजस्तो लागेको थियो त्यता । भेटिएका मान्छे पनि सबै सभ्यजस्ता देखिन्थे । दिल्लीको दूई रुप देखेर म चकित भएकी थिएँ । त्यसैले कुनै कुरा देखेर त्यसको धारणा बनाइहाल्नु पनि ठीक होइन रहेछ जस्तो लाग्यो मलाई ।
बसेको ठाउँबाट हिँडेर नै पुगिने भएकाले हामी पहिले सदर बजारतिर लाग्यौँ । भीड र फोहोर छिचोलेर एक छेउदेखि अर्को छेउ पुग्नु निकै नै चुनौतीपूर्ण थियो । जता गयो उतै मान्छे ठेलिएका छन् । त्यहीँ माथि यस्तोमा गाइगोरु, कुकुर, अटो, साना गाडी, ठेला सबै यहाँ अँटाएका थिए । कसरी सबैले समान्जस्यता स्थापित गर्न सकेका होला ? किनमेल कसरी गर्नु ? यस्तैमा बानी परेकाहरु त गरिरहेका थिए । हामीले सकेनौँ । आपूmलाई कतिबेला अलिक खुल्ला ठाउँमा निस्किएर मजाले सास फेर्नुजस्तो भैरहेको थियो । यस्तै रहेछ सदर बजार भनेर एउटा मोटामोटी चित्र खिचिहाल्यो दिमागले । त्यसैले हामी उफ्रिएर त्यहाँबाट बाहिरियौँ ।
अनि अटो समाएर लाग्यौँ चाँदनी चोकतिर । यहाँको भीड उस्तै डरलाग्दो थियो । चाँदनी चोकबजारमा सामान एकदम सस्तो पाइन्छ भन्ने सुनेको हो । फेरि त्यहाँ दलाली पनि असाध्य चल्ने । कतिसम्म दलाल गर्नु ? बेच्नेले रु २०००÷– भनेको सामानलाई लाजै नमानी रु २००÷– मा दिने हो भनेर सोध्न सके मात्र काम बन्ने यस्ता बजारमा । आपूm त्यतिसारो पनि गर्न नसक्ने । हामी त्यसै छारष्ट भएर यो पसल र ऊ पसल चहारिरहेका मानिसको रमिता हेर्दै र आप्mना सामानको विज्ञापन च्याएिर गर्ने व्यापारीहरुको आवाज सुन्दै हिँडीरहेका थियौँ । एउटाले मलाई कोट्याएर भन्यो, “बहनजी, कोइ औरत आपके पिछे लगी है, जरा अपना पर्सको सम्भालिए ।” सक्केन त अब ? ब्याग च्याप्नु कि बजार घुम्नु ? मरोस् भनेर चाँदनी बजारलाई नि बाइबाइ ग¥यौं हामीले ।
भोलिपल्ट बिहान पुरानै मुगलसरायको मन्दिरवाली गलीमा ओर्लिएपछि मात्र हामीले आपूmलाई सुरक्षित भएको अनुभूति गर्न सक्यौँ । यहाँबाट अब जता जान पनि हामीलाई मेटूो टूेनको सुविधा उपलब्ध थियो । तर हामीसँग दिल्ली घुम्न एकदिन मात्र बाँकी भएकाले अटो नै लिने विचार ग¥यौँ । एउटा होटल खोजेर त्यहाँ आप्mना सामान थन्क्यायौ । बिहानको चियाखाजा गरी हामी अटो चढेर लाग्यौँ सरोजिनी मार्केटतिर । सदर बजार र चाँदनी बजारभन्दा यो बजार निकै व्यवस्थित रहेछ ।
त्यहाँका स्थानीयबासीको दैनिक उपभोगका सामान किन्न आउने मुख्य बजार भएकाले सरोजिनी मार्केटमा हामीजस्ता फिरन्ते कमै पुग्थे होला शायद । त्यसैले त्यहाँ उल्काको भीड थिएन । लत्ताकपडा, जुत्ताचप्पलदेखि लिएर सम्पूर्ण घरायसी सामानको किनबेच देखियो त्यहाँ ।
हाम्रा खुल्ला बजारजस्तो दिल्लीका दलाली चल्ने र सस्ता बजार हेरियो । अब बाँकी फिक्स्ड प्राइसका सपिङ्ग मल हेर्नुथियो । त्यसैले दिउँसोतिर हामी लाग्यौँ सिटीवाक सपिङ्ग मलतिर । यो त हामीजस्ता मध्यमवर्गीय मान्छेका लागि होइन रहेछ नि ! विश्वप्रसिद्ध ब्राण्डका सामान मात्र पाइने रहेछन् यहाँ त उच्च मूल्यका । हामीले खोजेको त कहाँ यस्तो हो र ? हामीले किन्न सक्ने सामान त्यहाँ केही देखिएन । उदाहरणका लागि एउटा झलक्क देखिएको सामान्य पोशाकको मूल्य भा रु ३५००÷– लेखिएको थियो । पहाडगन्जको सस्तोमा सस्तो सदर बजारदेखि लिएर हाम्रो पहुँचदेखि बाहिरको हौज खासस्थित सिटीवाक मल पनि हेरियो । यसपालीको दिल्ली घुमाइ त्यति नै हो जस्तो लाग्यो । हामीलाई जान मन लागेको एउटा ठाउँमा चैँ जान सकिएन । त्यो हो सेकेण्डह्याण्ड किताब पाइने बजार । इण्डियाको सबैभन्दा ठूलो सेकेण्डह्याण्ड किताब पाइने बजार दिल्लीमा नै छ भन्ने पढेको थियो कता कता । त्यो कतातिर थियो पत्तै भएन । हामीसँग खोज्ने समय पनि थिएन । यसपालीको भारत भ्रमण यस्तै भयो ।

You may also like